0 COMMENTS

kamal-thapa 2काठमाडौं, ५ माघ । उपप्रधान तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकायको निर्वाचन चाँडै हुने बताएका छन् ।
उनले स्थानीय निकायको निर्वाचनका लागि तयार रहन स्थानीय निकायका प्रमुखहरुलाई निर्देशन समेत दिएका छन् । पश्चिमाञ्चलस्तरीय अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीको पोखरामा उद्घाटन गर्दै थापाले जनप्रतिनिधिमुलक निकायको लामो समयसम्म निर्वाचन हुन नसक्दा जनताले सास्ती बेहोर्नुपरेको भन्दै चाँडै मन्त्रालय नयाँ कार्यक्रमसहित आउने बताएका हुन् । उनले जनप्रतिनिधी आउँदा आफ्नो जिम्मेवारी सहजरुपमा सञ्चालन गर्न सक्ने गरी स्थानीय निकायको व्यवस्थापकीय कार्यक्रम तयार पार्न समेत प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा बोल्दै थापाले भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणलाई राष्ट्र निर्माणको अवसरमा बदल्नुपर्ने धारणा राखेका थिए । भुकम्पले जनधन लगायत साँस्कृतिक र पुरातात्विक संरचना पनि ध्वस्त बनाएको भन्दै थापाले अब नवनिर्माणको अभियान शुरु गरेर राष्ट्रलाई संवृद्ध बनाउनुपर्ने बताए । गोष्ठीमा पश्चिमाञ्चलका १६ जिल्लाका स्थानीय विकास अधिकारी, प्राविधिक कार्यालयका इन्जिनियर, नगरपालिकाका कार्यकारी प्रमुखहरुको सहभागिता छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।