0 COMMENTS

SAMSADकाठमाडौं, ५ माघ । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासंग सहमति खोज्न भन्दै जारी संविधान संशोधन प्रकृया आउँदो ७ गतेसम्मका लागि स्थगित गरिएको छ ।
सभामुख ओनसरी घर्तीसहित संसदमा बसेको प्रमुख दलका शीर्ष नेता र प्रमुख सचेतकबीचको छलफलले मोर्चासंग सहमति खोज्न भन्दै ७ गतेसम्मका लागि संविधान संशोधन प्रकृया स्थगित गरेको हो । बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै एमाले उपाध्यक्ष भीम रावलले जारी राजनीतिक गतिरोधको अन्त्य गर्नका लागि प्रकृया स्थगित गरिएको जानकारी दिएका छन् । मोर्चाको सहमतिबिना संविधान संशोधन प्रकृया अघि बढाए संकट थप बढ्ने भन्दै प्रमुख दलका शिर्ष नेताहरुले तत्कालका लागि प्रकृया स्थगित गर्न सभामुख समक्ष अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।