0 COMMENTS

gagan-thapaमाघ ४, प्यूठान / नेपाली कांग्रेसका युवा नेता गगन थापाले युवा नेतृत्वका लागि पार्टीको आगामी १३ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । प्यूठानमा आज सञ्चारकर्मीहरुसँगको भेटमा उहाँले पुराना पुस्ताका नेताहरुको नेतृत्वमा युवाहरुलाई निर्णायक तहमा प्रतिनिधित्व गराउन आफ्नो उम्मेदवारी रहने दावी गर्नुभयो । पार्टी गतिविधिका जस–अपजसको भागिदारी सहित युवा नेतृत्व आवश्यक रहेको नेता थापाको भनाइ छ ।
महाधिवेशनले तय गर्ने कार्यनीतिका आधारमा मात्र अव कांग्रेस चल्न नसक्ने भन्दै नेता थापाले नेतृत्वकर्तासँग अवको पार्टी सञ्चालन तथा व्यवस्थापनको नयाँ सोच सहित ठोस योजना आवश्यक रहेको उल्लेख गर्नुभयो ।
कुनै वेला राज्य व्यवस्थाका विरुद्ध लड्न स्थापना भएका पार्टीहरु राज्यको मुलधारमा पुग्दा नेता अनुकुलका सदस्यता वितरणले कांग्रेसमा पनि यस पटक ८० प्रतिशत प्रतिनिधि दोहोरिने अवस्था आएको उहाँको टिप्पणी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।