0 COMMENTS

period-sexएजेन्सी । सम्भोगसम्बन्धी एउटा यस्तो तथ्य बाहिर आएको छ जसलाई न पुरुषले मन पराउँछन् न महिलाले । तर एक नयाँ अध्ययनका अनुसार ४५ प्रतिशत पुरुषहरु अत्यन्त छिटो सम्भोग कर्मलाई सिध्याउँछन्, केवल दुई मिनेटमा ।

लेखर हैरी फिचले नर्व डटकममा भनेका छन्, ‘महिलाका लागि शारीरिक सम्बन्धमार्फत चरमोत्कर्षमा पुग्नका लागि दुई मिनेट अत्यन्तै धेरै तिव्र गति हो ।’ फिचले यस्ता जानकारीले भरिपूर्ण आफ्नो पुस्तक ‘द न्यू नेकेडः द अल्टीमेट सेक्स एजुकेशन फरक ग्रोन अप्स’ लाई हालसालै बजारमा ल्याएका छन् ।

फिचका अनुसार सेक्सका लागि औसत समय ७.३ मिनेट हो, जो महिलाको ‘आदर्श समय’बाट केवल ४ मिनेट कम हो । यो रिपोर्ट १९४० देखि १९५० सम्मको दशसकमा अल्फ्रेड किन्सेको त्यो अनुसन्धानलाई समर्थन गर्दछ जसले तीन चौथाई पुरुष केवल २ मिनेटमा स्खलित हुन्छन् भनिएको थियो ।

उक्त रिपोर्टमा भनिएको छ, यसभन्दा अगाडि जर्नल अफ सेक्सुअल मेडिसिनमा छापिएको एक रिपोर्टमा चेक सायकोलोजिस्ट पेटर वेस र स्टुअर्ट ब्रान्डीले महिलाहरुलाई चरमोत्कर्षसम्म पुर्याउनका लागि प्राकक्रिडा बाहेक सेक्सको समयबाट बढी सम्बन्धित हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।