0 COMMENTS

sherBahadur_Deubaदाङ, ४ माघ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति पदमा जिताउन आफूलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।

उनले पार्टीलाई एक बनाएर लैजान र वर्तमान संविधान कार्यान्वयनका लागि आफू सक्षम भएकाले सहयोग गर्न आग्रह गरे। पार्टीलाई एक बनाउन आफूलाई नेतृत्व दिन नेता कार्यकर्तासँग उनले आग्रह गरे । दाङमा दुई दिनसम्म चलेको प्रदेश नं ५ का नेता कार्यकर्ता प्रशिक्षण कार्यक्रमको समापन गर्दै नेता देउवाले यस्तो बताएका हुन् ।

पार्टीलाई समावेशी बनाउन र गणतन्त्रमा लैजान आफूले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै देउवाले कार्यान्वयन पनि आफूलेमात्रै गर्नसक्ने बताए ।

मुलुकलाई अन्य कुनै पनि दलले अगाडि बढाउन नसक्ने भन्दै उनले त्यसका लागि १३औ महाधिवेशनबाट सक्षम पार्टी बन्ने दाबीसमेत गरे । 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।