0 COMMENTS

इनरुवा, ४ माघ । सुनसरीको रामधुनी भासी नगरपालिकाबाट कालोबजारी गर्ने एक जनालाई सुनसरी प्रहरीले आज पक्राउ गरेको छ ।

रामधुनीभासी नगरपालिका–४ मा रहेको गङ्गा ट्रेडर्समा तीन हजार ७०० पर्ने ग्यास सिलिन्डरको कालोबजारी गरेर छ हजार लिई बिक्रीवितरण गरिरहेका ट्रेर्डसका मेनेजर टङ्क कोइरालालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले कोइरालासँगै गङ्गा ट्रेडर्समा कालोबजारी गर्नका लागि राखिएका ६७ थान विभिन्न कम्पनीको ग्यास सिलिन्डर समेत बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले जानकारी दिए। कालोबजारी गरिरहेको गोप्य सूचनाका आधारमा कोइराला सहित ६७ थान सिलिन्डर बरामद गरिएको प्रहरी उपरीक्षक पोख्रेलले बताए । सो विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।