0 COMMENTS

काठमाडौं, ४ माघ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। सोमबार साँझ बसेको निगमको बैठकले करिब साढे ४ महिनापछि पेट्रोलियम पदार्थको मूल्य घटायो ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलमा ५ रूपैयाँ पैसा, डिजलमा ६ रूपैयाँ, मटीतेलमा ६ रूपैयाँ मूल्य घटेको छ।
नयाँ मूल्य सोमबार राति १२ बजेबाट लागू हुनेछ । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ९९ रूपैयाँ, डिजेल र मट्टितेल ७५ रुपैयाँमा पाइनेछ । निगमले ग्याँसको मूल्यमा भने परिवर्तन गरेको छैन ।
यसअघि निगमले भदौ १५ गते पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँले घटाएको थियो भने साउन १७ गते पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको थियो।

निगमले २०७१ भदौ १३ गतेदेखि स्वचालित प्रणाली अनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटबढ गर्दै आए पनि अन्तर्राष्ट्रिय बजारमा निरन्तर कच्चा तेलको मूल्यमा गिरावट आएपनि निगमले पछिल्लो चार महिना नाकाबन्दीको कारण देखाउँदै तेलको मूल्यमा समायोजन गर्न सकेको थिएन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।