0 COMMENTS

madhesi-morcha2माघ ३, काठमाडौँ । सीमाकंन विवाद टुंग्याउन प्रमुख तीन दल र मधेसी मोर्चाको छलफल आज पनि हुँदैछ । हिजो भएको छलफलमा आन्दोलनरत मधेसी मोर्चा उच्चस्तरीय राजनीतिक समितिमार्फत प्रदेश सीमाकंन टुंग्याउन सहमत भएको छ । तर मोर्चाले त्यसका लागि प्रष्ट कार्यविधि बनाउन पर्नेमा जोड दिएको छ ।

आज सिंहदरबारमा अपरान्ह २ बजेपछि प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलको वैठकबस्ने तय भएको छ । आजको बैठकमा मधेसी मोर्चाले उठाएका ११ बुँदे माग सम्बोधन गर्ने विषयमा छलफल केन्द्रीत हुने बताइएको छ ।

तत्काल सिमांकनको बिषय टुंगोमा पुर्याउने बिषयमा मोर्चाले पछिल्ल्लो पटक कसरत थालेको छ भने वार्ता सकारात्मक दिशामा अगाडि बढेको र विवाद साघुरिँदै गएको वताउँदै आएका छ । प्रमुख तीन दल र मधेसी मोर्चा दुवै पक्षले माघ ५ गतेभित्र सहमति जुटाउने कसरतमा लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।