0 COMMENTS

sram-2माघ ३, काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारसँग बढी रकम लिएर थोरै रुपैयाँको रसिद दिने र अन्य ठगीमा संलग्न रहेका म्यानपावर कम्पनीको सूची निर्माणमा विवाद हुन थालेको छ । विभागका कर्मचारीले म्यानपावर कम्पनीमाथिको अनुगमन र उजुरीका आधारमा सूची निर्माण गर्ने प्रक्रिया पारदर्शी बनाउन नसक्दा विवाद भएको हो ।

विभागले एक सय म्यानपावर कम्पनीको सूची माघको पहिलो सातामा ल्याउने तयारी गरेको थियो । अनुगमनबाट वैदेशिक रोजगारमा जाने कामदारले भन्दा सरकारी कर्मचारीले बढी फाइदा उठाइरहेको आरोप हटाउन विभागले एक सय म्यानपावर कम्पनीको सूचीको तयारी अन्तिम तयारीमा पुगे पनि श्रम मन्त्रालयबाट खासै सहयोग नभएको विभागका एक निर्देशकले बताएका छन् ।

विभागका निर्देशक जनकराज रेग्मीले सूची निर्माणपछि म्यानपावर कम्पनीमाथि छड्के निगरानी गरेर भए पनि कारबाही हुने बताए । – नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।