0 COMMENTS

gasकाठमाडौं, ३ माघ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)बाट मागेजति ग्यास आइरहेको दाबी गरे पनि उद्योगीले प्रर्याप्त ग्यास नपाएको जनाएका छन् । नेपालले ग्यास आयात गर्दै आएको आइओसीको हल्दिया, बरौनी, मथुरा र पानीपत रिफाइनरीमा शनिबार साँझसम्म करिब डेढ सय बुलेट लाइनमा बसेको उद्योगीले बताएका छन् ।

ग्यास उद्योग संघका अनुसार हल्दियामा ४०, बरौनीमा ६०, मथुरामा २५ र पानीपत रिफाइनरीमा ८ बुलेट लाइनमा रहेका छन् ।

मुलुकभर ५३ ग्यास उद्योगका ६५ लाख सिलिन्डर प्रयोगमा छन् । आयाल निगमले कुल सिलिन्डर एक तिहाइ हुन आउने २१ लाख ६६ हजार सिलिन्डर भर्न पुग्ने ग्यास परिमाणको आंकलन गरी भारतबाट ग्यास ल्याउने उद्योगीलाई अनुमति दिँदै आएको हुँदा देशभर ५८ लाख सिलिन्डर खाली रहेको उद्योगीले जनाएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।