0 COMMENTS

नेपालगन्ज, ३ माघ । २०६८ जेठ ८ गते मोहन बैद्य पक्षीय एमाओवादी कार्यकर्ताले माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवर्द्धक भारतीय कम्पनी जिएमआरको दैलेख, पाल्तडास्थित फिल्ड कार्यालयमा आगजनी गरे । पाटी विभाजनपछि पनि वैद्य नेतृत्वको नेकपा-माओवादीले आयोजनामाथि भौतिक तथा मानसिक हस्तक्षेप गरिरहेको छ ।

माथिल्लो कर्णालीमा माओवादी, नेककिपा र मसालका नेताहरुको अवरोध रहेको छ भने पश्चिम सेतीमा प्राधिकरण बोर्ड तथा भारतपरस्त नेताको दबाब रहेको छ ।

त्यस्तै चमेलियामा प्राधिकरणमै एमाओवादी र कांग्रेसका नेताहरुको दबाब रहेको छ भने पञ्चेश्वर परियोजना भारतीय स्वार्थको टकराव रहेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निजी क्षेत्रबाट प्रवद्धित मात्र होइन, सरकार आफैंले निर्माण गर्न लागेका आयोजनामा समेत तीब्र राजनीति देखिन्छ । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।