0 COMMENTS

nepal_oil_corporationकाठमाडौं, माघ ३ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य झरपेछि नेपाल आयल निगमले समेत सोही अनुरुप इन्धनको मूल्य समायोजन गर्ने भएको छ ।

निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको घट्दो मूल्यलाई समायोजन गर्न निगमले आवश्यक तयारी गरेको बताए । मूल्य समायोजन गरेर प्रतिलिटरमा चारदेखि पाँच रुपैयाँ घटाउने तयारी गरिएको छ । यसका लागि इन्डियन आयल कर्पोरेसन ९आईओसी० ले पठाउने मूल्य सूचीको आधार बनाइनेछ । आईओसीले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल ल्याएर प्रशोधन ९रिफाइन० गरी नेपाललाई बिक्री गर्दैआएको छ ।

‘शनिबार प्राप्त हुने आईओसीको नयाँ मूल्य सूचीको आधारमा मूल्य समायोजन गरी सोमबारसम्म नयाँ मूल्य सूची सार्वजनिक गर्ने हाम्रो तयारी छ’, कार्यकारी निर्देशक खड्काले भने, ‘आईओसीबाट प्राप्त मूल्य सूचीको आधारमा इन्धनको प्रतिलिटरको अहिलेको मूल्यमा चारदेखि पाँच रुपैयाँसम्म घटाउने तयारी गरेका छौं ।’

निगमले प्रतिलिटर चार रुपैयाँसम्म मूल्य घटाए पेट्रोल एक सय, डिजेल र मट्टीतेल ७८ रुपैयाँ प्रतिलिटरमा झर्नेछ । अन्तर्राष्ट्रिय बजारमा सन् २०१४ यता तेलको मूल्यमा ७० प्रतिशत गिरावट आए पनि नेपालमा भने मूल्य समायोजन भएको छैन । गत भदौ १५ यता नै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल २० डलर घट्दा नेपालमा पेट्रोलियमको मूल्य प्रतिलिटर २० रुपैयाँसम्म घट्नुपर्ने विज्ञको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।