0 COMMENTS

ramchandra-paudelकपिलवस्तु, २ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले काँग्रेस कपिलवस्तुका सभापति एवम् सांसद सुरेन्द्रराज आचार्यकी आमा प्रभा आचार्यको निधनमा श्रद्धाञ्जलि दिएका छन् ।

सो अवसरमा उपसभापति पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसको १३औँ महाअधिवेशनमा आफू सभापति पदमा निर्वाचन लड्ने दोहोर्याए ।

देशभरका कार्यकर्ताबाट अबको महाधिवेशनमा सभापतिमा उठ्न आफूलाई दबाब आएकाले आफू सभापतिमा उठ्ने निर्णय गरेको बताए ।

अबको चुनौतीपूर्ण अवस्थामा काँगे्रसलाई जोगाइराख्न पनि आसन्न १३औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्न कार्यकर्ताबाट आफूलाई दबाब आएको उनले उल्लेख गरे

वर्तमान सरकारसहित ठूला तीन दल र मधेसी मोर्चाबीच वार्ता अन्तिम चरणमा पुगेकाले अब देशले छिट्टै भारतको नाकाबन्दी र असहज परिस्थितिबाट पार पाउने नेता पौडेलको भनाइ थियोे । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।