0 COMMENTS

sadhe1नुवाकोट, माघ १ । साढे जुधाई अर्थात् बुल फाइट । चलचित्रका दृश्य अथवा टेलिभिजनको पर्दामा मात्रै देखिने साँढेहरुको जुधाईको यस्तो आनन्द नुवाकोटवासीले लिए ।

नुवाकोटको बेत्रावती र तारुका–५ चाँदनीमा साँढेहरुको जुधाई हेर्न दर्शकहरुको घुईँचो नै लाग्यो । यद्यपी विचरा साँढेहरुले पाएको दुखका बारेमा भने सोच्ने फुर्सदसम्म कसैलाई भएन ।

नुवाकोटमा साढेहरुलाई जुधाउनका लागि मात्रै वर्षदिन गोरु पाल्ने गरिन्छ । यो एउटा प्रतियोगता जस्तै हुन्छ ।

यस वर्ष १६ हल गोरु प्रतिष्पर्धामा उतारिएका थिए । माघे संक्रान्ति मेला व्यववस्थापन समितीले यसको आयोजना गर्ने गर्दछ । रोचक कुरा त के छ भने बुल फाईटको प्रवर्धन गर्न भन्दै गत वर्षबाट पर्यटन मन्त्रालयले समेत सहयोग गर्दै आएको छ ।

अन्तर्राष्ट्रियस्तरमा भने साँढेहरुको जुधाई भनेको जनावरको दुखमा मान्छेको रमाइलो भन्दै व्यापक विरोध हुँदै आएको छ । गोरुलाई चोट दिएर आक्रामक र उत्तेजित पार्नु उनीहरुमाथिको अत्याचार भएको पशु अधिकारकर्मीहरुले बताउँदै आएका छन् ।

तारुकामा गोरु जुधाउने मेला एक सय वर्ष पुरानो भएको स्थानीय बुढापाकाहरु बताउँछन् । बझाङी राजा जयपृथ्वी बहादुर सिंह मामाघर आउँदा बिसं १९७८ मा नुवाकोटको तारुका ५ चादनीमा मामाले भाञ्जाको स्वागत गर्न बाजागाजा सहित गोरु जुधाएको र त्यसैबेला देखि यो परम्परालाई निरन्तरता दिईएको भन्ने मान्यता रहिआएको छ।
यस वर्ष माघे संक्रान्ति मेलामा सहभागी मध्ये प्रथम हुने गोरु धनीलाई तीन हजार रुपयाँ, दोस्रो हुनेलाई १ हजार ५ सय रुपयाँ र गोरु सहभागी गराए वापत् १ हजार रुपयाँ प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।