0 COMMENTS

KP-Oliकाठमाडौं, १ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षमा लोडसेडिङ हटाउन खोज्दा आफुलाई रोक्न खोजिएको बताएका छन् ।
माघी पर्वको अवसरमा दशरथ रंगशालामा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले काम गरेर देखाउन खोज्दा हाँसेर उडाउने गरिएको दुखेसो पोखेका हुन् । ‘अरुले १ सय ५ वर्षमा ३ सय मेगावाट मात्रै विद्युत निकाले । मैले एक वर्षमा लोडसेडिङ हटाउँछु भन्दा मान्छे किन हाँस्छन्, किन कुरा काट्छन् रु’, ओलीले प्रश्न गरे, ‘केही गर्छु भन्दा नगर भन्ने यो कस्तो चलन हो रु भत्केको रंगशाला बनाउँछु भन्दा पनि हाँस्ने रु विकासका काम गर्छु भन्दा अरुलाई रिस उ्ठ्छ रु’
ओलीले १०५ वर्षसम्म देशको नेतृत्व लिएर पनि विद्युत उत्पादनमा ध्यान दिन नसक्नेहरुका कारण वर्तमान संकट देखापरेको दावी गरे । उनले अब बिकासको गतिलाई कसैले रोक्न नसक्ने समेत बताएका छन् । आफु सिंहदरबारमा फोटो झुण्ड्याउन मात्र नआएको भन्दै ओलीले विकासका काम गर्न आफुसंग गतिलो योजनासमेत रहेको बताए । उनले एक वर्षभित्र लोडसेडिङको पुर्ण रुपमा अन्त्य गर्ने, काठमाडौंमा मेट्रो ट्रेन चलाउने र नागरिकको चुलाचुलामा ग्याँसको पाइप जोड्ने आफ्ना पुराना प्रतिबद्धता समेत दोहो¥याएका छन्

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।