0 COMMENTS

ncकाठमाडौ १ माघ । आगामी फागुन २० गतेदेखि हुन थालेको नेपाली कांग्रेसको १३ औ महाधिवशेनको उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।
भने बन्दसत्र भृकुटीमण्डपमा हुन थालेको हो । यसअघि खुलामन्चमा गर्ने भनिएको बन्द सत्र भूकम्पका कारण भत्किएका अवशेषहरु थुप्राइएकोले रंगशालामा गर्ने निर्णय गरिएको महाधिवशेन व्यवस्थापन समितिका संयोजक भीमसेन दास प्रधानले जानकारी गराए ।
यसअधि नेकपा एमालेले पनि भृकुटीमण्डपमा बन्दसत्र आयोजना गरेका थियो । महाधिवेशनका लागि व्यापक मात्रामा तयारी समेत भइरहेको संयोजक प्रधानले जानकारी गराए । उनका अनुसार विभिन्न १३ समितिले तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।