0 COMMENTS

पुस ३०, काठमाडौं । गृहमन्त्रालयले सहसचिव स्तरका ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

भक्तपरका तोयम रायलाई मोरङ, काभ्रेका मदन भुजेललाई झापा, झापाका तेजप्रसाद पौडेललाई भक्तपुर सरुवा गरिएको छ । मन्त्रालयका सहसचिवद्वय कृष्णप्रसाद ढुंगाना र राजकुमार श्रेष्ठलाई क्रमशः बारा र सुर्खेतको प्रजिअ बनाइएको छ ।

यस्तै बाराका बालकृष्ण पन्थीलाई काभ्रे, सुर्खेतका बलदेव गौतमलाई गोरखा, तनहुका महादेव पन्थलाई नवलपरासी र मन्त्रालयका सहसचिव पुरुषोत्तम कुँबरलाई तनहुँको प्रजिअ तोकिएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।