0 COMMENTS

काठमाडौं, पुस ३० । लामो समयदेखि रक्सौल–वीरगन्ज नाकामा रोकिएका २ सय ५५ ग्यास बुलेट ‘रि–रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिँदैछन्। निर्धारित समय १५ दिनभित्र उक्त परिमाणमा ग्यास बुलेट राजधानी भित्रिएपछि साढे २ लाख परिवारले ग्यास पाउनेछन्।
नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट रि–रुट भइसकेका छन्। बाँकी २ सय ५ बुलेट ग्यास रि–रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ। केही दिनमा ती ग्यास बुलेटले पनि रि–रुट अनुमति पाउने स्रोतका दाबी छ।हाल काठमाडौंमा १० लाख परिवार बस्छन्। रि–रुट भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्छ। त्यसो गर्दा २ लाख ५० हजार परिवारले ग्यास पाउन सक्ने निगमले अनुमान गरेको छ। एक बुलेट ग्यासमा १ हजार २ सय ५० सिलिन्डर (१४.२ केजी ) बन्छ। ७.१ किलोको सिलिन्डर भर्ने हो भने ५ लाख परिवारको माग पूरा गर्न सकिन्छ।

नेपाल ग्यास बित्रे्कता महासंघका निवर्तमान अध्यक्ष ज्ञानेश्वर अर्यालले हाल उपत्यकामा दैनिक १ लाख सिलिन्डर माग रहेको बताए। २ सय ५५ वटा ग्यास बुलेटबाट १४.२ केजीका ३ लाख १७ हजार ७ सय ५० वटा सिलिन्डर भर्न सकिन्छ। यो भनेको कुल मागको २५ प्रतिशत हो। आधा (७.१ किलो) मात्र भर्दा ६ लाख ३७ हजार ५ सय सिलिन्डर उपभोक्ताबीच पुर्यानउन सकिन्छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।