0 COMMENTS

काठमाडौं, ३० पुस । अपराधीविरुद्ध पछिल्लो समय प्रहरी आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । पेसेवर अपराधीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली नै चलाउन थालेको छ ।
– गत १९ असारमा जेलबाट भागेका कैदी सन्की भनिने रावणजित लामालाई प्रहरीले सुन्धारामा गोली हानी पक्राउ गरेको थियो । पक्राउ गर्न खोज्दा ढुंगामुढा गरेपछि प्रहरीले गोली चलाएको थियो ।
– गत ३ भदौमा प्रहरीकै गोलीबाट डन कुमार घैँटे मारिए । कपुरधारामा अपराध महाशाखाको प्रहरी टोलीसँग उनको मुठभेड भएको थियो ।
– गत १३ मंसिरमा सुन्धाराको गेस्टहाउसमा भगौडा प्रहरी छोटेलाल ठाकुरलाई प्रहरीले गोली हानेर पक्राउ गरेको थियो । मोस्ट वान्टेड सूचीमा रहेका ठाकुरको साथबाट दुईवटा पेस्तोलसमेत बरामद भएको थियो ।

– गत २२ पुसमा चोर पक्राउ गर्ने क्रममा पनि प्रहरीले गोली चलाएको थियो । न्युरोडको सुनपसल चोर्ने दिलबहादुर पुनलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको थियो । पुनका साथी अमृत बयलकोटीलाई गोली लागेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।