0 COMMENTS

 पुष,३० काठमाडौं । महाधिवेशन हुन करिब दुई महिना बाँकी हुँदा कांग्रेसभित्र गुट फेरबदलका प्रयास हुन थालेका छन् । संस्थापन र देउवा पक्ष नेताहरू तानातानको प्रयासमा छन् । महाधिवेशन केन्द्रित भएर संस्थापन र देउवा पक्ष आ–आफ्नै तयारीमा छन् । केन्द्रीय समितिका अहिलेका पदाधिकारीमध्ये संस्थापन पक्षले कोषाध्यक्ष चित्रलेखा यादवलाई आफूतिर तान्न खोज्दै छ भने देउवा पक्ष संस्थापनका महामन्त्री कृष्णप्रसाद सिटौलालाई आफूतिर तान्न खोज्दै छ ।

सिटौला सकेसम्म उपसभापति नभए निर्वाचित महामन्त्री हुन चाहन्छन् । यसका लागि संस्थापनमा अवसर नभए देउवातिर लाग्ने उनको रणनीति रहेको स्रोत बताउँछ । संस्थापन पक्ष कोइराला परिवारको विरासत देउवाको पोल्टामा जान दिने पक्षमा छैन । संस्थापन पक्षले देउवा पक्षकी कोषाध्यक्ष चित्रलेखा यादवलाई आफ्नो पक्षमा ल्याउन खोजेको छ ।

संस्थापन पक्षले पाँच वर्षमा सन्तुष्ट पार्न नसकेका नेतालाई आफ्नो पक्षमा ल्याउने तयारीमा देउवा पक्ष छ । संस्थापन पक्षले यसबीचमा पार्टीलाई विधि, विधान, पद्धतिमा हिँडाउन नसकेकोजस्ता विषय उठाएर उनीहरूलाई तान्ने देउवा पक्षको तयारी छ । ‘सक्दो र अन्तिम तयारीमा देउवापक्षीय नेताहरू लागिरहनुभएको छ,’ देउवानिकट एक केन्द्रीय सदस्यको दाबी छ, ‘वरिष्ठ नेताहरूको ठूलै ताँती यसपटक देउवातिर लाग्दै छ । तर, अहिल्यै खुल्दा माहोल बिग्रने भएकाले महाधिवेशनको अन्तिम अवस्थामा मात्र उहाँहरू खुल्नुहुन्छ ।’ आजको नया पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।