0 COMMENTS

पर्वत, ३० पुस । उत्तरी पर्वतको लेखफाँट गााविसका दुई युवा हतियारसहित पक्राउ परेका छन् । वन्यजन्तु सिकार गर्न हिँडेका बेला दुई थान भरुवा बन्दुकसहित उनीहरुलाई बुधबार दिउँसो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ पर्नेमा लेखफाँट गाविस–१ का २४ वर्षीय लोकबहादुर नेपाली र सोही स्थानका १७ वर्षीय दिनेश सार्की रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा घरेलु अवैध हतियारको प्रयोग गरी वन्यजन्तु तथा पशुपक्षीको सिकार गरेको भन्ने सूचनाको आधारमा लेखफाँट प्रहरी चौकीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक गङ्गा पन्तले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।