0 COMMENTS

kamal-thapa 2विराटनगर, २९ पुस । उपप्रधानमन्त्री कमल थापाले मधेस केन्द्रित दलसँग निरन्तर वार्ता जारी रहेको र विवाद अत्यन्तै साँघुरिँदै गएकाले चाँडै नै मुलुकले निकास पाउने बताएका छन् ।

विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उपप्रम थापाले मधेस केन्द्रित दलले उठाएका सवाललाई सम्बोधन गर्न सरकारका साथै नेपाली काँग्रेस, एकीकृत नेकपा माओवादी र नेकपा एमाले सम्मिलित कार्यदलले जारी राखेका वार्ता सकारात्मक रुपमा अगाडि बढेकाले चाँडैनै समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

मधेस आन्दोलन पाँच महिनाभन्दा बढी भएकाले यसको मुलुकभरमै नकारात्मक असर परेको र जनजीवन कष्टकर भएकाले मधेसी मोर्चालाई तत्काल आन्दोलनका कार्यक्रम फिर्ता लिन सरकारको तर्फबाट उनले आग्रहसमेत गरे ।

सरकारले प्रस्तुत गरेका तीनबुँदे अवधारणालाई भारत सरकारले पनि स्वागत गरेको चर्चा गदै परराष्ट्रमन्त्रीसमेत रहनुभएका उनले भारतसँग रहेको असमझदारी कूटनीतिक प्रयासबाट करिब अन्त्य भइसकेको स्पष्ट पारे ।

प्रधानमन्त्रीको चाँडै नै भारत भ्रमण हुने उल्लेख गर्दै परराष्ट्रमन्त्री थापाले यस भ्रमणबाट दुवै देशको सम्बन्ध अझ मजबुत हुने र भारतलगायत अन्य देशसँग सम्बन्ध विस्तार गरी विकासका गतिलाई तीव्रता दिइने जानकारी गराए ।

आपूर्तिका लागि वीरगन्जबाहेक अन्य नाका सहज भइसकेको चर्चा गर्दै उनले केही दिनमै मुलुकमा आपूर्ति व्यवस्थित हुने विश्वास प्रकट गरे ।

प्रदेश सीमाङ्कनको साझा अवधारणा बनाउन अत्यन्त संवेदनशील र जोखिम रहेकाले यसलाई तीन महिनाको अवधिमा उच्चस्तरीय संयन्त्रको सुझावको आधारमा समाधान गरिने, अन्य जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र र राज्यको हरेक अङ्गमा समानुपातिक र समावेशी प्रतिनिधित्व सम्बन्धमा संसद्मा प्रस्तुत विधेयक पारित भएपछि मधेशका अधिकांश माग पूरा हुने जानकारी गराए ।

स्थानीय विकासमन्त्री समेत रहेका उनले स्थानीय निकायको निर्वाचन अहिलेको संरचनाकै आधारमा गराउने र मुलुकमा सङ्घीय संरचना निर्माण भएपछि सो संरचनाको आधारमा पुनः निर्वाचन हुने प्रष्ट पारे ।

सञ्चारकर्मीको जिज्ञासामा ऊर्जा सङकटको समाधानका लागि प्रधानमन्त्रीले दिएको अभिव्यक्ति पछाडि सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले प्रकृतिका कारण असम्भव रहेका गाविसबाहेक अन्य गाविसमा मोटरबाटो पुर्याउने विषय आफूले हचुवाको भरमा नबोलेको स्पष्ट गर्दै सरकार योजना कार्यान्वयनका लागि अग्रसर रहेको जानकारी गराए । रासस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।