0 COMMENTS

goat-300x225म्याग्दी, २९ पुस । बेनी नगरपालिका–१० तोरीपानीका कृषक क्षेत्रबहादुर चोखालले पाल्नुभएको बाख्राले पाँच वटा पाठापाठी पाएको छ ।

सामान्यतया एउटा बाख्राले एकदेखि तीन वटासम्म पाठापाठी जन्माउने भए पनि चोखालको एउटा बाख्राले पाँच वटा पाठापाठी जन्माएपछि सबैलाई अचम्भित बनाएको छ ।

स्थानीय खरी जातको माउ बाख्राले जन्माएको तीन पाठा र दुई पाठीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । एकैपटक तीनभन्दा बढी पाठापाठी जन्माउने सम्भावना कम हुने भए पनि पुख्र्यौली जातको ‘जीन’का कारण अपवादका रुपमा पाँच वटासम्म पाठापाठी जन्मने गरेको पशु सेवा केन्द्र घतानका नायब पशु सेवा प्राविधिक नारायण दर्मालीले बताएका छन् । रासस

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।