0 COMMENTS

Singha-Darbarकाठमाडौं, २९ पुस । १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि सरकारले अहिलेसम्म बजेट उपलब्ध नगराएपछि खेलाडीले रोष प्रकट गरेका छन् । छनोट प्रतियोगिता अघि नै सरकारले बजेट दिने प्रतिबद्दता जाहेर गरेको थियो ।

तर, अहिले बन्द प्रशिक्षणको समय गुज्रिसक्दा पनि सरकारले बजेटबारे कुनै चासो नदेखाएपछि १२ औं सागमा नेपालको सहभागिता अन्योलमा परेको छ ।

सरकारले बजेटबारे आनाकानी गरेपछि अहिले खेलकुदमा सन्त्रास छाएको छ भने सरकारको यस्तो व्यवहारमा षड्यन्त्रको गन्ध आएको छ । पूर्वाञ्चलमा यही मंसिरमा आयोजना हुन गइरहेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई अन्तिम समयमा सरकारले बजेट नदिएकै कारणले फागुनमा सार्नु परेको थियो । घटना र विचार साप्ताहिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।