0 COMMENTS

काठमाडौं, २९ पुस । सरकारले वैध तरिकाले खाडी मुलुकमा घरेलु कामदार पठाउन ढिलाइ गर्दा गैरकानुनीरुपमा पठाउने गिरोह सक्रिय भएको छ ।

दलालले भारतीय बाटो हुँदै मोटो रकम लिएर कुवेत, साउदी अरब, कतार, ओमनलगायतका मुलुकमा महिला कामदार पठाइरहेका छन् । सरकारले भने खाडीमा महिला घरेलु कामदार पठाउँदा असुरक्षा भएको भन्दै विगत पाँच वर्षदेखि रोकेको छ ।

बैध हिसावबले जान नपाउँदा अवैध तरिकाले जान चाहनेको संख्या बढेको छ । दलालमार्फत कुवेत, साउदीलगायतका मुलुकमा लगिएका महिला कामदार बिच्चली परेपछि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले अबैध पठाउने गिरोहलाई नियन्त्रण गर्न सरकारलाई पत्राचार गरेको छ ।

कुवेतस्थित नेपाली दूतावासले केहीसमय अघि कुतेतबाट निकालिएका कामदारको भिसामा भारत हुँदै पुन नेपाली महिला कामदार ल्याउने गिरोह सक्रिय भएको भन्दै सचेत हुन श्रम तथा रोजगार मन्त्रालयलाई जानकारी गराएको थियो । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।