0 COMMENTS

money2-390x293काठमाडौं, २९ पुस । एक वर्षको अवधिमा डलरको तुलनामा नेपाली रुपैयाँको मूल्य ८ प्रतिशतले ह्रास भएको छ । २०७१ माघ १४ गतेको तुलनामा बुधबारका लागि दिइएको डलरको विनिमय दरको आधारमा नेपाली रुपैयाँ सो प्रतिशतमा ह्रास भएको हो ।

गत वर्षको माघ १४ गतेको लागि राष्ट्र बैंकले डलरको सटही दर (बिक्री दर) ९८ रुपैयाँ ५४ पैसा तोकेको थियो । बुधबारका लागि भने राष्ट्र बैंकले अमेरिकी डलरको सटही दर एक सय सात रुपैयाँ ३३ पैसा तोकेको छ ।

वाणिज्य बैंकहरुले भने मंगलबार नै प्रतिडलर एक सय सात रुपैयाँ २५ पैसामा कारोबार गरेका छन् । अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।