0 COMMENTS

काठमाडौं, २९ पुस । मधेस आन्दोलन र भारतीय नाकाबन्दीले तीन खर्ब चार अर्ब रुपैयाँ बराबर क्षति र चार लाख मजदुर बेरोजगार भएको दाबी निजी क्षेत्रले गरेका छन् । यो अवधिमा दुई हजार दुई सय उद्योग बन्द भएको र भएका उद्योग पनि टेका लगाउन चलाउनुपरेको गुनासो व्यवसायीको रहेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत राजस्व समिति सभापति सौरभ ज्यातिले नाकाबन्दीकै कारण मुलुकको अर्थतन्त्र डामाडोल भएको र मुलुकभर दुई हजार दुई सय उद्योग बन्द भएको दाबी गरे । ‘१५२ दिनदेखि बन्द हड्ताल जारी रहँदा चार लाख मजदुर बेरोजगार भएका छन्, यो अवधिमा निजी क्षेत्रलाई तीन खर्बभन्दा बढीको क्षति भएको छ,’ उनले भने ।

महासंघले बन्दबाट दैनिक दूई अर्ब बराबरको क्षति हने गरेको बताउँदै आएको छ । भूकम्पले भन्दा तराई बन्दले बढी क्षति पुर्‍याएको महासंघको दाबी छ । कारोबार दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।