0 COMMENTS

Messo_Neymar_Ronaldoजुरिच, २८ पुस । अर्जेन्टिना तथा बार्सिलोनाका स्टार फुटबलर लियोनल मेस्सीले पाँचौं पटक फिफा बालोन डी’ओर जिते । यसक्रममा अन्तिम चरणमा उनले आफ्नै टिममेट तथा ब्राजिलियन युवा स्टार नेयमार र रियल मड्रिडमा पोर्चुगिच स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारे ।

 

वर्ष खेलाडी चुनिने क्रममा मेस्सीलाई धेरैले भोट गरे । उनका निकटतम प्रतिद्वन्द्धि क्रिस्टियानो रोनाल्डोको पक्षमा पनि राम्रै भोट खस्यो । तर, मेस्सी र रोनाल्डो स्वयमको भोट क-कसले पाए ? यो आम जिज्ञासाको विषय हो ।

गोल डटकममा प्रकाशित खबर अनुसार मेस्सीको तर्फबाट पहिलो रोजाइको भोट पाउने सौभाग्य उनकै टिममेट तथा उरुग्बेका स्टार लुइस स्वरेजले पाएका रहेछन् । उता रोनाल्डोले पनि आफ्नै टिममेट फ्रान्सेली करिम बेञ्जिमालाई भोट गरे ।

त्यस्तै मेस्सीकोतर्फबाट अरु दुई भोट नेयमार र इनिस्टाले पाउँदा रोनाल्डोको भोट भने गेरेथ बेल र ह्याम्स रोड्रिग्वेजले पाएका रहेछन् ।

रोनाल्डोको भोट पाएका तीनै जना अन्तिम तीनमा स्थान बनाउन असफल हुँदा नेयमारलाई शीर्ष तीनमा पर्न मेस्सीको भोट पनि काम आयो । मेस्सीले अर्जेन्टिना तथा रोनाल्डोले पोर्चुगलको कप्तानको रुपमा भोटिङ अवसर पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।