0 COMMENTS

काठमाडौं, २९ पुस । सत्तारुढ एमाले र एमाओवादीको बेवास्ताका कारण ‘तीन दल–मोर्चा कार्यदल’ का पछिल्ला बैठक प्रभावहीन बन्न थालेका छन् । तीन ठूला दल र आन्दोलनरत मधेसी मोर्चा बीचको बैठक बिहीबारयता पाँचपल्ट बसिसक्यो, तर सत्तारुढ दलका कार्यदल सदस्य नै बैठकमा आउन छाडेका छन् ।

प्रमुख प्रतिपक्षी कांग्रेस र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यदल सदस्यले सत्तारुढ दलहरुले वार्ता छल्न खोजेको आरोप लगाएका छन् । अघिल्लो बिहीबारदेखि सुरु कार्यदल वार्ता मंगलबार अपराह्न सिंहदरबारमा बसे पनि सरकारी कार्यदल सदस्य रहेका उपप्रधानमन्त्री तथा एमाले उपाध्यक्ष भीम रावल पार्टीको कार्यक्रमका लागि नेपालगन्ज उडे ।

सोमबार दिउँसो २ बजे बस्ने भनिएको वार्ता पन्छाएर उनी सैनिक अस्पताल छाउनीको निरीक्षण भ्रमणमा छडकिएका थिए । रावललाई कुर्दै कांग्रेस र मोर्चा कार्यदल सदस्य दिनभर पर्खे, तर वार्ता भएन । वार्तामा आउनुअगाडि सत्तारुढ दलका कार्यदल प्रतिनिधिले शीर्ष नेतृत्वसँग सीमांकन हेरफेरका लागि प्रस्तावित राजनीतिक संयन्त्रबारे परामर्श गर्ने वाचा आइतबारको बैठकमा गरेका थिए, तर हालसम्म गरेका छैनन् ।

रावलको ठाउँमा कानुनमन्त्री अग्निप्रसाद खरेल मंगलबारको वार्तामा त आए, तर कार्यदलमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधि, संवैधानिक वैधतालगायतबारेमा भइरहेको छलफलको प्रगतिबारे उनलाई खासै जानकारी थिएन ।

अर्का कार्यदल प्रतिनिधि रहेका एमाओवादी महासचिव कृष्णबहादुर महरा त पहिलो दिनको बैठकयता निरन्तर अनुपस्थित छन् । महरा पनि पार्टी संगठनकै दौडाहामा काठमाडौं बाहिर छन् । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।