0 COMMENTS

Nakabandiकाठमाडौं, २९ पुस । जोगबनीस्थित भारतीय भन्सारले २४ घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारी साधनसँग रकम उठाउन थालेको छ ।

नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई एक सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ ।

औद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी वस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसाधनलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको छ ।

उद्योग वाणिज्य महासंघ पूर्वाञ्चलका महासचिव रवीन दाहालले विगतमा प्रवेश पासको व्यवस्था नभए पनि नाकाबन्दी हटाउन लागेका बेला यस्तो पास व्यवस्था गरिएकोप्रति आश्चर्य व्यक्ति गरे । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।