0 COMMENTS

काठमाडौं, २९ पुस । भूकम्प प्रभावित जिल्लाका ४८ हजार परिवार भोकमरीको उच्च जोखिममा परेका छन् । कृषि मन्त्रालयको तथ्यांक अनुसार ४८ हजार परिवारका दुई लाख ६० हजार जनता भोकमरीको उच्च जोखिममा परेका हुन् ।

भूकम्प प्रभावित जिल्ला खाद्य सुरक्षाको दृष्टिले उच्च जोखिममा छन् । मन्त्रालयका अनुसार सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रामेछाप, दोलखा र रसुवा गरी ६ जिल्ला उच्च जोखिममा रहेका छन् ।

त्यस्तै १७ जिल्लाका दुई सय ९८ गाविस मध्यम जोखिममा रहेका छन् भने २६ जिल्लाका चार सय १८ गाविस खाद्य सुरक्षाका दृष्टिले असुरक्षित रहेका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।