0 COMMENTS

Akhtiyar-Durupayog7काठमाडौँ, २९पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राहत शिक्षकमा सेवा सुरु गरेको भन्दै रुपन्देहीका सत्यदेव लोधविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार रुपन्देही सूर्यपुरास्थित कृषक प्राथमिक विद्यालयमा कार्यरत राहत शिक्षक लोधले राहत शिक्षक पदमा नियुक्ति लिने क्रममा माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेश भारतबाट सन् १९९७ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनिएका शैक्षिक योग्यताको प्रमाणपत्र अनुसन्धान गर्दा नक्कली पाइएको हो ।

नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गर्ने लोधविरुद्ध हदैसम्मको कारबाहीको माग गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।