0 COMMENTS

KP_Oli_Rajendra_Mahatoकाठमाडौं, पुस २८ । प्रधानन्त्री केपी शर्मा ओलीले दिल्लीमा उपचार क्रममा रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई फोन गर्दै छिट्टै काठमाडौं फर्कन आग्रह गरेका छन् ।

मेदान्त अस्पतालमा स्वास्थ्य उपचारपछि ‘फलो–अप’ क्रममा एक साताका लागि दिल्लीमा आराम गरिरहेका नेता महतोलाई प्रधानमन्त्री ओलीले सोमबार अपरान्ह फोन गरेका थिए ।

‘उहााले मेरो स्वास्थ्य स्थितिको सोधपुछ गर्नुभयो,’ नेता महतोले फोनवार्ताबारे भने—‘मैंले म आफू स्वस्थ्य भैसकें, अब तपाईले देशलाई स्वास्थ बनाउनुहोस् भनेर सुझाव दिएा ।’

प्रधानमन्त्री ओलीले राजनीतिक सहमती पहिल्याउने क्रममा ‘तपाईको खााचो छ’ भन्दै संवाद र सहमतीका लागि आग्रह गरेको महतोले बताए ।

‘सिंगो अन्तर्राष्ट्रिय समुदायले तपाईलाई हेरिरहेका छन्, मधेश मामलामा रहेका समस्या सम्बोधन गर्न तदारुकता देखाउनुहोस् भनेको छु,”उनले भने ।

भारतीय गृह मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्न १७ अकबर रोडस्थित सिंह निवासमा वार्तामा रहेकै बेला प्रधानमन्त्री ओलीले महतोलाई फोन गरेका थिए ।  कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।