0 COMMENTS

RajKumar-Lekhiकाठमाडौं, २६ पुस । आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष तथा थारूनेता राजकुमार लेखीले नेपालका मानवअधिकारवादी ‘मानवअधिकारवादी नभएर डलरवादी’ भएको आरोप लगाएका छन् ।

लेखीले नेपालमा रहेका अधिकांश मानवअधिकारवादी संघसंस्थाले थारू, मधेसी तथा जनजातिमाथि विभेद गरिरहेको र डलरको खेतीमात्र गरेको आरोपसमेत लगाए ।

नेपालमा मानवअधिकार ‘सेतो छाला भएकाहरूका लागिमात्र देखिएको’ आरोपसमेत लेखीको थियो । मधेसी पत्रकार समाजले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले भने, ‘यो देशका मानवअधिकारवादीहरू थारू र मधेसीमाथि भइरहेको विभेदका बारेमा बोल्न सकेका छैनन् अनि हामीले उनीहरूमाथि कसरी विश्वास गर्ने ? ’

टीकापुर घटनामा थारूमाथि भएको अत्याचार मिडियाले नदेखेको र पछि अरू घटनामात्र देखेको उल्लेख गर्दै उनले भने, ‘टीकापुरमा थारूहरूले इँटको जबाफ पत्थरले दिएको हो । त्यहाँको घटनाप्रति कुनै पछुतो छैन ।’

टीकापुरमा थारूहरूमाथि भएको अन्यायबारे मानवअधिकारवादी बोल्न नसकेको आरोप उनको थियो । उनले भने, ‘मानवअधिकार निष्पक्ष हुनुपर्छ तर यहाँ मानवअधिकार भनेको सेतो छालावालाका लागिमात्र देखिएको छ ।’

उनले यहाँका मानवअधिकारवादी विभेदकारी र जातिवादी भएको उल्लेख गर्दै अब त्यसको प्रतिवाद हुनुपर्ने जिकिर गरे । उनले आरोप लगाए, ‘नेपालका सेतो छाला भएका मानवअधिकारवादीहरू तराई मधेसको आन्दोलन भड्काउने काम गरिरहेका छन् ।’ अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।