0 COMMENTS

काठमाडौं, २६ पुस । मधेस आन्दोलनका क्रममा घाइते भएकाको काठमाण्डाैमा उपचार गर्दा अहिलेसम्म ४४ लाख रुपैयाँ खर्च भइसकेको मोर्चाले जनाएको छ ।

२७ घाइतेको उपचारमा रकम खर्च भएको मोर्चाको भनाइ छ । सरकारबाट अहिलेसम्म ४५ हजार पाँच सय २७ मात्र पाएको घाइते उपचार समितिका सदस्यसचिव रवीन्द्र चौधरीले बताए ।

सरकारले घाइतेको उपचार खर्च व्यहोर्ने भए पनि अहिलेसम्म पैसा नदिएकाले मोर्चाले विभिन्न स्रोतबाट खर्च जुटाएको सद्भावना महामन्त्री मनीष सुमनले बताए । मोर्चाले व्यहोरेको ४४लाख रुपैयाँको बिल सरकारले फस्र्यौट गर्नुपर्ने मोर्चाले बताएको छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।