0 COMMENTS

काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेजस्तै जनताका चुलामा खाना पकाउने ग्यासको पाइप जोडिने हो भने राजधानी उपत्यकाको भूसहतमा रहेको मिथेन ग्यासले राजधानीवासीलाई बढीमा डेढ वर्षमात्रै थेग्न सक्छ ।

२७ वर्षअघि जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाले उपत्यकाका इमाडोल, तीनकुने, कोटेश्वर र त्रिपुरेश्वरसहित करिब २६ वर्गकिमी क्षेत्रमा ३१ करोड घनमिटर ग्यासभण्डार रहेको अनुमान गरेको थियो ।

प्रधानमन्त्री ओलीले शुक्रबार तीनकुनेस्थित रोयल ब्याङक्वेटमा एमाले उपत्यका समन्वय कमिटीले गरेको भेलालाई सम्बोधन गर्दै भनेका थिए, ‘अब काँधमा सिलिन्डिर बोकेर हिँड्नु पर्दैन ।’

‘सिलिन्डर ग्यासको फेज समाप्त पारिदिन्छु । कति बुलेट आए भनेर गन्ने दिन पनि गए,’ उनले भनेका थिए, ‘केही समय दिनुस म पाइपलाइनबाट घरघरका चुलोमा ग्यास पुर्याइदिन्छु ।’

उपत्यकावासीलाई उपत्यकाकै प्रकृतिक ग्यास झिकेर पाइपलाइन्बाट बाँड्ने ओलीको प्रतिबद्धतालाई प्राविधिकहरुले भने ‘आधारहीन गफ’ भन्न रुचाउँछन् । नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।