0 COMMENTS

काठमाडौं, २५पुस । एक वर्षमा लोडसेडिङ अन्त्य गर्नेदेखि हावाबाट विजुली निकाल्ने हावादारी भाषण दिएर चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले फेरि अर्को हावादारी भाषण दिएका छन् ।

ग्यास सिलिन्डरसमेत उपलब्ध गराउन नसकेपछि दाउरा बाँढेर दाउरे सरकारका प्रधानमन्त्रीको उपमा पाएका ओलीले जनताको चुल्होमै ग्यासको पाइपलाइन पुर्याइदिने हावादारी भाषण दिएका हुन् ।

एमाले कार्यकर्ता भेलालाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै ओलीले भने, ‘ग्यासका सिलिण्डर काँधमा बोकेर हिँड्नु पर्दैन, अब सिलिण्डरको फेज समाप्त गरिदिन्छु । जनाको चुल्हो-चुल्होमा ग्यासको पाइप पुर्‍याइदिन्छु । पिटिक्क खोल्दा ग्यासबाट होइन, पाइपबाट ग्यास आउँछ ।’

प्रधानमन्त्रीको हावादारी भाषणमा पनि कार्यकर्ताले परर ताली बजाए, हलमा हाँसोको फोहोरा छुट्यो । प्रधानमन्त्री अझै रोकिएनन् । उनले अघि भने, ‘ग्यासको बुटेल आयो कि आएन ? सिलिण्डर पायो कि पाएन ? कुन सिलिण्डर कता ? यो सब झमेला भयो । अब भित्तामा एउटा मिटर टाँसिदिने, जति बाल्नुहुन्छ बाल्नुस् ।’ साथै उनले डिजेलको विकल्पमा इलेक्ट्रोनिक्स बसको गफ पनि चुटे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।