0 COMMENTS

 

patrol२४ पुष, काठमाडौं । बिराट पेट्रोलियमले ल्याएको पेट्रोल बिक्री गर्न चार पम्पले स्वीकृति पाएका छन्। त्यसमध्ये व्यवसायी यशु प्रधानका मात्रै ३ पम्प छन् । आपूर्ति मन्त्री गणेशमान पुनको संयोजकत्वमा भएको छलफलले ४ पम्पलाई बिराटले ल्याएको पेट्रोल बिक्रीका लागि अनुमति प्रदान गरेको हो।

व्यवसायी प्रधानको स्वयम्भुमा रहेको हामा आयल, सोह्रखुट्टेमा रहेको जयकुमारी र इमाडोलमा रहेको न्यू भद्रकाली पम्प तथा वीरगन्जका व्यापारी श्याम रौनियारको काँडाघारीमा रहेको समृद्धि आयल स्टोरले बिराटले ल्याएको पेट्रोल बिक्रीको अनुमति पाएका छन्। बिराटले ९ पुसमा ५ ट्यांकर पेट्रोल विराटनगर नाका हुँदै ल्याएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।