0 COMMENTS

 

nepal football team२४पुष, काठमाडौं ।फिफा विश्व वरीयतामा नेपाल ४ स्थान तल झरेर १ सय ९६ औँ स्थानमा पुगेको छ । जनवरी महिनाको फिफा वरियतामा नेपाल ओरालो लाग्दै दक्षिण एसियाको पुछारमा पुगेको हो । अफगानिस्तान गएको महिनाभन्दा ३ स्थान तल झरेपनि दक्षिण एसियाको पहिलो स्थानमा छ भने माल्दिभ्स दोस्रो तथा भारत तेस्रो स्थानमा छन् ।

अफगानिस्तान विश्व वरीयताको १ सय ५३ औँ स्थानमा, माल्दिभ्स तीन स्थान माथि चढ्दै १ सय ५७ औँ, भारत पनि तीन स्थान माथि चढ्दै १ सय ६३, बंगलादेश १ सय ७९, पाकिस्तान १ सय ८५, श्रीलंका १ सय ८८ र भुटान १ सय ९२ औँ स्थानमा छन् । विश्व वरीयतामा बेल्जियम शीर्ष स्थानमा छ भने अर्जेन्टिना दोस्रो तथा स्पेन तेस्रो स्थानमा छन् । उत्कृष्ट १५ देशभित्र क्रमशः बेल्जियम, अर्जेन्टिना, स्पेन, जर्मनी, चिली, ब्राजिल, पोर्चुगल, कोलम्बिया, इंग्ल्याण्ड, अष्ट्रिया, उरुग्वे, स्वीटजरल्याण्ड, इक्वेडर, नेदरल्याण्ड र इटाली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।