0 COMMENTS

काठमाडौं, २३ पुस । सर्वोच्च अदालतले एमाओवादी नेता एवम् पूर्वसभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने फैसला सुनाएको छ ।

उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणमा जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि ढुंगेलले आम माफी पाउनुपर्ने दावी सहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

ढुंगेलको रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले जिल्ला अदालतको फैसला कार्यान्वयन गर्न भनेको छ । उनीमाथि सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।