0 COMMENTS

KP-Oliकाठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो विदेश भ्रमणका क्रममा चीनभन्दा पहिले भारत नै जाने भएका छन् । परराष्ट्रमन्त्रीसमेत रहेका उपप्रधानमन्त्री कमल थापाले बुधबार रिपोर्टर्स क्लबमा यस्तो खुलासा गरेका हुन् ।

नेपालका प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण भारतबाटै सुरु गर्ने परम्पराजस्तै बसिसकेको छ । यद्यपी एमाओवादी अध्यक्ष प्रचण्डले भने भारतलाई खुसी पार्न अन्य प्रधानमन्त्रीले निरन्तरता दिँदै आएको यो परम्परा तोडेका थिए ।

भारतले अघोषित नाकाबन्दी लगाएर दु:ख दिइरहेका बेला ओलीले पनि प्रचण्डकोजस्तै प्रयोगलाई निरन्तरता दिन्छन् कि भन्ने अपेक्षा थियो । तर, ओलीले पनि भारतलाई खुसी पार्ने यो अवसरलाई गुमाउन चाहेनन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा थापाले भने, ‘दुबै देशतिर भ्रमणको तयारी छ । तर, पहिलो भ्रमण भारतकै हुनेछ ।’

उनले भ्रमणको मिति तय नभइसकेपनि फेब्रुअरीको दोस्रो सातातिर हुन सक्ने बताए ।

साथै परराष्ट्रमन्त्री थापाले वीरगञ्जबाहेक सबै नाकाहरु सुचारु भइसकेको बताए । वीरगञ्जमा पनि नेपालतिरबाटै नाकाबन्दी भएको भन्दै उनले भारतीय पक्षबाट कुनै नाकाबन्दी नभएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।