0 COMMENTS

Sakti-Basnetकाठमाडौं, २२ पुस । गृहमन्त्री शक्ति बहादुर बस्नेतले कैदी बन्दी गृहलाई सुधार गृह बनाउने भन्दै कारागारभित्र योगा कक्षा चलाउने योजना ल्याएका छन् । गृहमन्त्रालयमा आज पत्रकार सम्मेलन मार्फत उनले २९ बुँदे कार्ययोजना सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको योजना अनुसार कारागारलाई सुधार गृह बनाउने भन्दै योगा कक्षा चलाउने बताएका हुन् ।
‘हामी कारागारलाई सुधार गृहको रुपमा स्थापित गर्नेछौं,’उनले भने, ‘भौतिक निर्माण कमजोर भएका भवनलाई पूनर्निर्माण गरी योगा कक्षाको सुरुवात गरिनेछ ।’
त्यस्तै गरि कालोबजारी नियन्त्रण गर्नका लागि विशेष योजना लागु हुने भएको छ । ‘हामीले कालोबजारी र मुल्य वृद्धिलाई नियन्त्रण गर्ने अभियान सञ्चालन गर्दैछौं, यसको लागि विशेष अभियान सञ्चालन गर्ने सरकारको योजना छ ।’
उनले सार्वजनिक गरेको कार्ययोजना अनुसार यातयातमा सिन्डीकेट हटाउनका लागि गृह मन्त्रालयले विशेष अभियान थाल्नेछ ।
गृहमन्त्री बस्नेतले गुण्डागर्दि पूर्णरुपमा नियन्त्रण गर्ने बताएका छन् । उनले २९ बुँदामा उल्लेख गरे अनुसार, गुण्डा गर्दिको नियन्त्रणका अभियान समेत मन्त्रालयले अघि बढाउने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।