पुस २२, काठमाडौं । भारतले रक्सौल बजारदेखि ५ किलोमिटर टाढाको खुल्ला क्षेत्रमा १ सयभन्दा बढी ग्यासका बुलेट नेपाल प्रवेशको पर्खाइमा छन् । ती सबै बुलेट काठमाडौं केन्द्रीतथ ग्यास उद्योगका हुन् ।
त्यहाँ रहेका २ सय ८ बुलेटमध्ये ८४ वटा बुलेटलाई नाका परिवर्तन गरी सुनौली भैरहवाबाट ल्याउने निश्चित भइसकेको छ । तर बाँकी रहेका बुलेट नाका नखुलेसम्म आउन सक्ने छैनन्।
भारतको नाकाबन्दी हुनासाथ रोकिएका ती बुलेटको भारत र नेपाल दुवैपट्टीको भन्सार जाँचपास भइसकेको छ। नाकाबन्दीले भारतपट्टी रोकिएका १ सय २४ बुलेटको रक्सौल र वीरगञ्ज भन्सार कार्यालयमा दस्तुर बुझाइसकेकाले अन्य नाकाबाट ल्याउन कठिन भएको आयल निगमले जनाएको छ।
निगमकै सल्लाहमा उद्योगीले भारत पट्टी रोकिएका बुलेटको हतारमा दुबै तर्फको भन्सार जाँचपास गराइएको थियो।