0 COMMENTS

रुपन्देही, पुस २० । रुपन्देहीको सीमा नाका बेलहियास्थित इन्धन लुकाइएको एक घरमा आइतबार राति आगलागी भएको छ । पानी तताउने क्रममा ग्याँस लिक भएर बेलहियाको सुरेन्द्र जयसवालको घरमा आगलागी भएको प्रहरी निरीक्षक अभयविक्रम शाहले जानकारी दिए ।

आगलागी भएको घरमा कालोबजारीका लागि लुकाइएको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस भण्डार गरिएकाले आगो नियन्त्रणमा लिन गाह्रो परेको थियो ।

घरको कोठाभित्र लुकाइएको पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँस प्रहरीले भित्ता फोडेर निकालेको थियो । आगोले घरका सबै सामग्री जलेको छ । मानवीय क्षति हुनबाट भने जोगिएको प्रहरीले जनाएको छ ।

केही दिन यता बेलहियामा अगाजनीका घटना बढ्दै गएको छ । राष्ट्रिय मानव अधिकार आयोगले समेत रुपन्देहीको बेलहिया नाका भीषण विष्फोटको जोखिममा रहेको प्रतिवेदन सार्वजनिक गरिसकेको छ । आयोगको प्रतिवेदनमा बेलहियाको प्रत्येक घरमा एक सयदेखि दश हजार लिटरसम्म इन्धन भण्डारण गरेको उल्लेख छ ।

– इमेजखबरबाट

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।