0 COMMENTS

Milkचितवन, २० पुस । गाईभैंसीलाई खुवाउने परालदेखि दाना, चोक्करको मुल्य बढ्दा आफूहरु निक्कै मर्कामा परेको चितवनका दूध उत्पादनक किसानले बताएका छन् ।

व्यवसायिक दुग्ध उत्पादक कृषक समाज चितवनका अध्यक्ष कृष्णराज भण्डारी एक लिटर दूधमा १० रुपैयाँसम्म घाटा हुने गरेको बताउँछन् । गत वर्षको तुलनामा दाना, चोक्कर, परालको मूल्य आकासिएको तर, दूधको मूल्य नबढेको उनले बताए ।

‘दूधको मूल्य बढाउँदा उपभोक्ताको दबाब र विरोध पनि थेग्नुपर्ने हुन्छ होला । त्यसैले एक वर्षयता दूधको मूल्य उही छ तर, दाना, चोक्कर, पराल सबैको मूल्य कैयौं गुणा बढेको छ । यसो हुँदा हामी किसानको बेहाल भएको छ,’ भण्डारीले भने । नागरिक दैनिकमा खबर छ ।

अहिले एक लिटर दूधको लागत ५० रुपैयाँ परिरहेको उनले दाबी गरे । किसानले एक लिटर दूधको सरदर ४० रुपैयाँ पाउँदै आएका छन् ।
चितवनमा व्यवसायिक गाईभैंसी फार्म र सहकारीमार्फत दैनिक करिब तीन लाख लिटर दूध बिक्री हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।