0 COMMENTS

काठमाडौै, २० पुस । पूर्वीनेपालसहित भारतमा सोमबार बिहानै भूकम्पको धक्कका महसुस गरिएको छ । बिहान झिसमिसे उज्यालोमै भूकम्प गएको हो ।

भारतको पूर्वोत्तर क्षेत्र मणिपुरको राजधानी इम्फालबाट २९ किलोमिटर पश्चिमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प ६.७ रेक्टर स्केल मापन गरिएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।

त्यसको धक्का नेपालको पूर्वीक्षेत्रमा पनि महसुस गरिएको थियो । भूकम्पको धक्काले पूर्वी नेपालका भोजपुर, धनकुटा, ताप्लेजुङ, झापासहित क्षेत्रमा स्थानीय बासिन्दा त्रसित बने । एकबिहानै कति त घरबाट बाहिर निस्किएका थिए । काठमाडौंमा हल्का धक्का महसुस भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।