0 COMMENTS

लहान २० पुस । डा सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनमा आबद्ध तीनजना नेता कार्यकर्तामाथि सिरहा प्रहरीले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको छ ।

सिरहाको लहान नगरपालिकाबाट शनिबार पक्राउ परेका गठबन्धनका तीनजनामाथि इलाका प्रहरी कार्यालय, लहानले राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाई आवश्यक कारबाहीका लागि विशेष अदालत काठमाडौँ पठाइएको जिप्रका, सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक श्याम ज्ञवालीले जानकारी दिनुभयो ।

प्रहरीले सिरहाको धनगडीमाई नगरपालिका विष्णुपुरकट्टी निवासी ४० वर्षीय चन्देश्वर महतो, लहान नगरपालिका– ८ निवासी ३० वर्षीय विष्णुदेव चौधरी, २२ वर्षीय सन्तोष महतो, लहान नगरपालिका– २१ निवासी २० वर्षीय रमेश महतो र सोही नगरपालिका– १३ निवासी २६ वर्षीय सुदीपराज कुशवाहालाई पक्राउ गरेको थियो ।

पक्राउ परेकामध्ये चन्देश्वर महतो, विष्णुदेव चौधरी र सुदीपराज कुशवाहा राष्ट्रिय अखण्डतामाथि आँच आउने गतिविधिमा संलग्न रहेको अनुसन्धानका क्रममा पाइएकाले उनीहरुमाथि राज्यविरुद्ध अपराध तथा कसुर सजाय ऐनअन्तर्गत मुद्दा चलाएको प्रहरी स्राेतले बतायाे। उनीसँगै पक्राउ परेका सन्तोष महतो, रमेश महतोलाई भने तत्काल निर्दाेष देखिएकाले छाडिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।