0 COMMENTS

विराटनगर, १९ पुस । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संसद्मा पेस भएको संविधान संशोधनको विधेयक पारित भएपछि मुलुकको अवस्था सहज हुने विश्वास प्रकट गरेका छन् ।

विराटनगर विमानस्थलमा आइतबार मध्याह्न पत्रकारसँगको कुराकानीमा उनले मधेसी मोर्चाको विरोध भए पनि संसद्बाट सो विधेयक प्रस्तुत भएर छलफल हुने र मोर्चासँग वार्ता पनि जारी रहने बताए ।

उनले नेपाली काँग्रेस, नेकपा-एमाले र एकीकृत नेकपा माओवादीबीचको बैठकले मोर्चाको कार्यसूची सहमति जुटाउने र त्यसका निष्कर्षका आधारमा मोर्चासँग वार्ता गरेर समस्याको समाधान निकालिने जानकारी दिए ।

मधेसी मोर्चाबाट सद्भावना पार्टी अलग भएको अवस्थामा कोसँग वार्ता हुने सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले मोर्चासँगै वार्ता हुने र सद्भावना पार्टीसँग छुट्टै वार्ता नहुने बताए । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।