0 COMMENTS

काठमाडौं, पुष १९ । एमाओवादी अध्यक्ष प्रचण्ड र भारतीय राजदूतबीच भेट भएको छ ।

आइतबार दिउँसो प्रचण्ड निवासमा भएको भेटमा नाकाबन्दी र मधेस आन्दोलनलगायतका विषयमा छलफल भएको प्रचण्ड सचिवालयले जनाएको छ ।

इटहरीमा राज्य समितिको बैठक सकेर आजै काठमाडौं फर्केका प्रचण्डसँग भेट्दै भारतीय राजदूत रञ्जित रेले मधेसी दलसँग सहमतिका बारेमा जिज्ञासा राखेका थिए । प्रचण्डले मधेसी मोर्चासँग पटक पटक औपचारिक र अनौपचारिक छलफल भएको भन्दै आज साँझ हुने वार्तामा उल्लेख प्रगति हुने बताएका थिए । प्रचण्डले नाकाबन्दी अझै पूर्णरुपमा नहटेकोले राजदूतसँग सहज पारवहनका लागि पहल गर्न आग्रह समेत गरेको सचिवालयले जनायो । “वार्ता सकारात्मक रह्यो । अध्यक्षबाट भारतीय राजदूतसँग पारवहन सहज गर्ने विषयमा कुरा भयो । मधेसी मोर्चाका मागका बारेमा समेत सामान्य छलफल भयो ।” सचिवालय श्रोतले बतायो ।

राजदूत रे ले नेपाली राजनीतिक दलहरुले मधेस समस्या समाधानका लागि चालेको प्रयासप्रति भारत सकारात्मक भएको बताउँदै संविधान संशोधन प्रक्रिया अगाडि बढेकोले सो मार्फत मधेसी दलहका समस्या समाधान हुने विश्वास लिएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।