0 COMMENTS

Cowहेटौंडा, १९ पुस । सुत्केरी महिलालाई सरकारले भत्ता दिँदै आएको छ । तर अब यो भत्ता उनीहरुमा मात्रै सीमित रहने छैन । पशु सेवा कार्यालय मकवानपुरले गाई–भैंसीलाई समेत एक हजार रुपैयाँ सुत्केरी भत्ता दिने भएको छ । यो आर्थिक वर्षमा पहिलो पल्ट १ सय २५ वटा गाई–भैंसीले यस्तो सुविधा पाउने भएका छन् ।

सुत्केरी पसुको स्यहारमा किसानलाई प्रेरित गर्नका लागि भत्ताको व्यवस्था मिलाइएको पशु सेवा कार्यलयका प्रमुख रामप्रकाश प्रधानले बताए । उनका अनुसार चालू आर्थिक वर्षको दोस्रो चौमासिकदेखि भत्ता वितरण गर्ने तयारी छ । दोस्रो चौमासिकमा ५० र तेस्रोमा ७५ वटा सुत्केरी चौपायाका धनीले रकम पाउनेछन् । सुरुमा दुग्ध उत्पादक सहकारी संघले छनोट गरेको दुईवटा संस्थामा आबद्ध कृषकको सुत्केरी चौपायालाई भत्ता वितरण गरिने कार्यालयले जनाएको छ । कान्तिपुर दैनिकमा प्रताप विष्टले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।